झापा — घरेलु मैदानमा जारी त्रिकोणात्मक टी— २० अन्तर्राष्ट्रिक क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले उपाधि भिडन्त तय गर्ने टोली पक्का भएको हो ।
खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडे। ४ खेलबाट ५ अंक भएको नेदरल्यान्ड्स विजेता बन्दै फाइनल पुग्यो भने ४ अंक भएको नेपाल उप(विजेताका रूपमा अगाडि बढेको हो । नामिबियाको ४ खेलबाट केवल ३ अंक भयो ।
जित्नैपर्ने दबाबमा रहेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन जोडेपछि खेल वर्षाका कारण रोकिएको हो। त्यसपछि खेल सन्चालन हुन सकेन।
सुरुका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर फाइनलमा स्थान बनाएको थियो।
नेदरल्यान्ड्सले सुरुका दुवै खेल जितेको थियो भने तेस्रो खेलमा नेपालसँग हार ब्यहोरेको थियो।
सुरुका दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नामिबिया तेस्रो खेलमा नेपालसँग पराजित भएको थियो।
फाइनल मंगलबार हुने छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



