काँकरभिट्टा—लौकही चार लेनको सडक विस्तार :रुख कटान कार्य शुरु

Share

झापा—झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम अन्तर्गत रुख कटान कार्य शुरु भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजनले वन अधिकृत मेघराज राईको उपस्थितिमा आज धुलाबारी पश्चिम एउटा रुख काटेर कटान कार्यको शुभारम्भ गरिएको डिभिजनले वन अधिकृत राईले जानकारी दिए । उनका अनुसार झापामा काँकडभिट्टादेखि झापा-मोरङ सिमाना मावा खोलासम्म ५२ किलोमिटर सडक विस्तार हुँदैछ ।

जसलाई दुई खण्डमा विभाजन गरिएको छ । काँकडभिट्टा-सितापुरीलाई पूर्वी खण्ड र सितापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकडभिट्टा-सितापुरीमा पर्ने ४ हजार ७ सय २३ रुख आजबाट काट्न थालिएको हो ।

पश्चिम खण्ड सितापुरी-मावा खोलाको भने प्रक्रियामै रहेकाले अब छिट्टै शुरु गरिने उनले जानकारी दिए । सितापुरी-मावा खोला खण्डमा एक हजार एक सय १७ वटा रुख काटिनेछ । रुख कटान कार्य शुरु भइसकेकाले दुई महिनाभित्र सबै रुख काटेर सकिने उनले  बताए ।

रुख कटानसँगै सडक विस्तारको काम पनि शुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा जेसीबीले ‘साइड क्लियरेन्स’ को काम गरिरहेको देख्न सकिन्छ ।

यो समाचार Times Of Pradesh छ

ताजा समाचार