दमकको हिमालय माविका हेडसर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै १ करोड बिगो

ताजा समाचार मुख्य समाचार

झापा /दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

विद्यालयको भवन निर्माणलगायतमा भ्रष्टाचार अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रूपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ ।
भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७/०७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रूपैयाँ व्यक्तिगत प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ रूपैयाँ पनि थप हिनामिना गरेको अख्तियारले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *