झापा/ नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाइँका लागि झापा आउने भएका छन्।
नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली यही माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै दमक आउने कार्यक्रम रहेको छ। दमकमा ओलीले पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट गर्नेछन्।
त्यसैगरी, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरी ओली काठमाडौं फर्कने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।
Share
