पत्रकार माथि दुर्व्यवहार गरेकोप्रति चौतारीको गम्भीर आपत्ति, दोषीलाई कारबाहीको माग

ताजा समाचार देश मुख्य समाचार

झापा/वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।

नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुव्र्यवहार गरेका थिए । सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण भएको जनाएको छ।

चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ती जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी ठाडो प्रहार गरेको उल्लेख छ । विज्ञप्तीमा दोषीलाई कानुनी कारवाही गर्न समेत माग गरिएको छ।

श्रमजीवी पत्रकार माथी भएको यस हर्कतको विरुद्ध शसक्त आवाज उठाउन चौतारीले नागरिक समाज,पेशागत संघसंगठनलाई आह्वान गरेको छ। यसैगरी पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभुति दिन समेत विज्ञप्तीमा माग गरिएको छ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचारमा मुद्धा दायर गरेपछि त्यसको रिर्पोटिङ गरिरहेका पत्रकार कार्की माथी थापाले अपशब्द प्रयोग र्दै क्यामेरा पन्छाएका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *