एमालेको ‘युथ सेलिब्रेशन’-भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने लक्ष्य

ताजा समाचार राजनीति


झापा /नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए।
उनले भने, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ। एमालेको ४० वर्षमुनिका युवाहरु सहभागी हुन आएका छौं। तयारी अन्तिम चरणमा पुगिसकेका छौं। भोलि एक लाख युवाहरुलाई हामी स्वागत गर्दैछौं।’

उनले भोलि एक लाख युवाहरुले देश बनाउँछु भन्ने संकल्प गरेर अघि बढ्ने बताए। भोलिको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने तय भएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *