झापा ।पूर्वीनाका काँकडभिट्टाबाट जुटजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा केही घटेको हो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा जुट तथा जुटजन्य वस्तुको आयात २७ करोड ११ लाख ८० हजार रुपैयाँ अर्थात सात दशमलव २५ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जनाउनु भयो । २०७९÷०८० मा तीन अर्ब ७४ करोड सात लाख ९९ हजार रुपैयाँ मूल्य बराबरको तीन करोड ७० लाख ५४ हजार छ सय तीन केजी जुट तथा जुटजन्य सामान आयात भएकोमा २०८०÷०८१ मा तीन अर्ब ४६ करोड ९६ लाख १९ हजार रुपैयाँ मूल्यको ४१ करोड ४६ लाख नौसय ४३ केजी जुट तथा जुटबाट निर्मित सामानको आयात भएको तथ्यांकले देखाएको छ ।
काँकडभिट्टा नाका भएर आयात हुने मुख्य दशवटा वस्तुहरुमध्ये जुट र जुटबाट बनेका सामान दोस्रोमा पर्दछन् । खासगरी जुटका तयारी वस्तुमा कपडा, बोरा, झोला, सनपाटको धागो सुत्लीलगायतका वस्तु आयात भएको छ ।
नेपालमा उत्पादित जुट ९० प्रतिशतभन्दा बढी भारत र बंगलादेशमा हुँदै आएको छ ।