पार्टी जोगाउन केही वर्षअघि संसद विघटन गरेको एमाले अध्यक्ष ओलीको भनाई

Share

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी जोगाउन आफूले केही बर्षअघि संसद विघटन गरेको बताउनुभएको छ ।

तत्कालीन नेकपाभित्र विवाद उत्पन्न भएका बेला गरिएको संसद विघटनका कारण एमाले जोगिएको ओलीको भनाइ छ । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

शक्तिशाली कम्युनिष्ट पार्टी विभाजित गराएको र संसद विघटन गर्दै असंवैधानिक कदम चालेको भन्दै अझै पनि आलोचित हुँदै आएका एमाले अध्यक्ष ओलीले संसद भंग गर्ने आफ्नो कदमको बचाउ गर्नुभएको हो । अहिले पार्टीलाई आफूले सबल बनाएको ओलीले दावी समेत गर्नुभयो ।पार्टी विभाजन गर्ने प्रवृत्तिलाई विस्थापित गरिएको उहाँको भनाइ थियो ।पार्टीभित्रको विवाद मिलाउन नसकेपछि ओलीले दुई पटक संसद विघटन गरेपछि तत्कालिन नेकपा र एमाले विभाजित भएका थिए । एमालेबाट विभाजित भई माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन गरिएको थियो ।

ताजा समाचार