कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

ताजा समाचार देश


झापा ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । नागरिकता किर्ते कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीले कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरेको हो । सिरोहियालाई धनुषा लैजाने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतबाट अनुमति पाएको थियो । आजै पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । पक्राउ पुर्जी खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

निवेदनमा उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । यसअघि आजै सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू र कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको थियो ।बैठकमा कांग्रेसले आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई पक्राउ पुर्जी जारी गरिन्छ भने कांग्रेसले नसहने चेतावनी दिएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *