दमकमा आधुनिक सुविधासहित तेजस् डेन्टल क्लिनिक सञ्चालनमा

ताजा समाचार मुख्य समाचार स्वास्थ्य

दमक । दमक नगरपालिका–६ स्थित केडी कम्प्लेक्स भवनमा आधुनिक प्रविधिसहितको तेजस् डेन्टल क्लिनिक बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीयवासीलाई दाँत तथा मुखसम्बन्धी उपचारका लागि सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो।
क्लिनिकको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका हुन्। उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगायत स्थानीय व्यवसायी तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार तेजस् डेन्टल क्लिनिकमा नयाँ तथा आधुनिक प्रविधिको प्रयोग गरी दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिनेछ। सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै दक्ष जनशक्ति तथा आधुनिक उपकरणमार्फत उपचार सेवा उपलब्ध गराउने तयारी गरिएको उनले बताए।
विशेषगरी व्यस्त जीवनशैली भएका सेवाग्राहीलाई लक्षित गर्दै क्लिनिकले बेलुका अबेरसम्म पनि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको सञ्चालक गैरेले जानकारी दिए। यसबाट नियमित कार्यालय तथा व्यवसायमा व्यस्त रहने सेवाग्राहीलाई समेत उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ।
क्लिनिक सञ्चालनमा आएसँगै दमक तथा आसपासका क्षेत्रका नागरिकले दाँत र मुखसम्बन्धी समस्या उपचारका लागि थप सहज र आधुनिक सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *