गौरादह — गोल्डेन सनराईज इङ्लिस सेकेन्डरी स्कूल, गौरादहले शुक्रबार १०औं संविधान दिवसलाई विशेष कार्यक्रममार्फत् भव्य र शैक्षिक वातावरणमा मनाएको छ।
कार्यक्रमको औपचारिक सुरुवातमा गोल्डेन स्काउट टोलीले राष्ट्रिय झण्डालाई सलामी दिँदै सम्मान अर्पण गरे। यसले विद्यालय परिवारमा राष्ट्रप्रतिको प्रेम, अनुशासन र एकताको सन्देश प्रवाह गर्यो।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सान नेपालले संविधानको व्याख्या प्रस्तुत गर्दै संविधानलाई “नागरिकको अधिकार, कर्तव्य र राष्ट्रिय पहिचानको मेरुदण्ड” भएको धारणा राखे। उनले संविधानमार्फत् नेपाली जनताले प्राप्त गरेका अधिकार र त्यसलाई संरक्षण गर्ने कर्तव्यबारे विद्यार्थीलाई सचेत गराए।
विद्यालयका विद्यार्थी तुलसा लगुन र युलिसा बस्नेतले देशभक्ति कविता प्रस्तुत गरे भने विद्यार्थी नवीन रिजालले करातेको काता प्रदर्शन गरी अनुशासन र आत्मबलको सन्देश प्रवाह गरे।
विद्यालयका कार्यवाहक प्रधानाध्यापक रोहित आचार्यले “संविधान हाम्रो साझा उपलब्धि हो, यसले हामीलाई समान अधिकार, स्वतन्त्रता र अवसरको जगमा उभ्याएको छ” भन्दै विद्यार्थीलाई संविधानको मर्म आत्मसात गर्न र राष्ट्र निर्माणमा सक्रिय योगदान दिन प्रेरित गरे।
कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र नेउपानेले गरेका थिए।
शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय प्रशासनले संविधान दिवसलाई राष्ट्रिय गौरव दिवसका रुपमा निरन्तर मनाइरहने प्रतिबद्धता जनाएको छ।
