सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

Share

झापा — सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ।
लामिछानेको तर्फबाट यसअघि नै मुद्दा फिर्ता लिन निवेदन दर्ता गरिएको थियो। महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग अब फिर्ता हुने भएका छन्।
सरकारको यो निर्णयपछि राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ भने कानुनी शासन र निष्पक्षतामाथि प्रश्न उठिरहेका छन्।

ताजा समाचार