बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. १ बाट ८ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रवार सम्पन्न सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ को बैठकले जिल्लालाई ८ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस भएको जनाइएको छ ।
