काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले बर्तमान सरकारलाइ देश जिम्मा लगाएर आफुहरु विदेश नभाग्ने बताउनु भएको छ ।
भक्तपुरमा आयोजित एक सार्वजानिका कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफुहरु वर्तमान सरकारलाई देश जिम्मा लगाएर विदेश नाजाने स्पष्ट पार्नु भएको हो ।
‘ सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशालाइ फेरी पनि सुशासनमा ल्याउछौँ’ ओलीले भन्नुभयो ।
उहाँले आफुले गरेका हरेक विषयहरु जनताको विचमा ल्याउने हिम्मत वर्तमान सरकारले गर्नुपर्ने धारणा समेत राख्नु भयो ।
‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्।’ ओलीको भनाइ छ ।
