बाणिज्य संघ दमकको निर्वाचनमा खुला सदस्य पदमा चिरन न्यौपाने उम्मेदवार

Share

दमक । दमक उद्योग बाणिज्य संघको आगामी निर्वाचनमा युवा व्यवसायी चिरन न्यौपाने खुला सदस्य पदमा उम्मेदवार बन्नुहुने भएको छ। शालीन, सहयोगी तथा कुरा बुझेर मात्रै बोल्ने स्वभावका न्यौपाने काम गर्ने क्षमता र दक्षताका कारण व्यवसायी माझ लोकप्रिय रहनुभएको छ।
सबैसँग मिलनसार, अहंकाररहित र सिधा तथा स्पष्ट विचारका धनी न्यौपाने नेतृत्व क्षमतामा समेत अब्बल मानिनुहुन्छ। व्यवसायिक क्षेत्रका समस्या र समाधानबारे लेखाजोखा गर्न सक्ने क्षमता राख्ने उहाँ विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रूपमा आबद्ध रहँदै आउनुभएको छ।
व्यवसायी हितलाई प्राथमिकतामा राख्दै संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएका न्यौपाने खुला सदस्य पदका लागि सक्षम र योग्य उम्मेदवारका रूपमा हेरिनुभएको छ।

ताजा समाचार