अपांगता हुनुमा न त रहर थियो ? न त बाध्यता !

Share

प्रकाश लम्जेल
झापा ।अपांगता हुनुमा न त रहर थियो ? न त बाध्यता ।
मेरो अभिभावकत्वको स्वकारोक्ती थियो न त पुर्नजन्मको पाप । मेरो २६ बर्षको उमेर के सुरक्षा भत्ता समा भन्छ ? कि त नेपाल सरकारले हामीलाई दुखमा रमा भनेको हो ? हामीलाई दान चाहिएको होईन १ मान सम्मान र हामी आफैले ईज्वत पनि खोजेका होईनौ । केवल आत्मनिर्भर बन्ने एउटा आधार रोजजगार दिए पुग्छ ।
माया ममता चाहिदैन बिचरा पनि भन्नु पर्दैन केवल नेपाल सरकारले सहकार्य र हातेमालो पुग्छ ।
यो दृष्टान्त हेर्नुहोस
२०७८ सालको जनगणनाको त्थ्याङक अनुसार अपांगता भएका कूल ब्यक्तिको कुल संख्या ६ लाख ४७ हजार ७४४ रहेका छन् । जसमध्ये ३ लाख ९१ हजार ३०१ जना पूरुष र २ लाख ९३ ४४३ महिलाको संख्या उद्धत छ ।
के यो संख्या उर्बर छैन र ? पसिना बगाउन सक्दैन र ? एउटा भबिश्यको गोरेटो कोरिदिनु प¥यो सरकार अनि हाम्रो सामथ्र्य र देश निर्माण प्रतिकाने योगदान देखिने छ ।
लाखौ साङ्ग युबाहरु बिदेशमा बस्छन् ।नेपाल फर्किदा पनि कि त अपांगता भएर फर्किन्छन् त कोहि रातो बाकसमा फर्कनछन् ।अब भन्नुहोस नेपाल कोको बस्छन् ?त्यहि अपांगता भएको ब्यक्ति होईन र ?हिड्न नसक्ने बा र आमा होईनन् र ?भबिश्यका कर्णधार बालबालिका होईनन् ?हो भने हामीलाई किन बिचलित बनाईदै छ ? अपांगता मैत्री ब्याबसायिक शिक्षाको पाठ्यक्रम आवश्यक छैन र ? हामीलाई खुलेर बाच्न सक्ने आधार हुन प¥यो सरकार ।
लेखक लम्जेल त्रिबि बिश्वबिद्यालयमा राजनीति बिषयमा अध्ययनरत छन् ।

ताजा समाचार