हामी दोश्रो वर्षमा प्रवेश

Share

सवल र समृद्ध लोकतन्त्रका लागि अभिव्यक्ति स्वतन्त्रता आधारभूतशर्त हो । राज्यलाई पारदर्शी, जवाफदेही र उत्तरदायीबनाउननागरिकको अभिव्यक्ति स्वतन्त्रताले महत्वपूर्ण सहयोग पुर्याएको हुन्छ । नागरिक अधिकार सुदृढीकरणका लागिअभिव्यक्ति स्वतन्त्रतासँगै सुचनाको हक, प्रेस स्वतन्त्रता, न्याय सम्वन्धिहकलाई सञ्चार माध्यम र सञ्चारकर्मले सधै शिरोपर गरेको हुन्छ ।
नेपालको संविधानले समेत यि र यस्ता अधिकारहरुलाई मौलिकहकको रुपमा सुरक्षित गरेको छ । संविधानप्रदतःमौलिकहकको उपयोग गर्दै नागरिकमा रहेको सुचनाको हकलाई प्रभावकारी रुपमा उपयोगको आधार बनाउने उदेश्यले हामीले एक वर्ष अघि यो यात्र शुरु गरेका थियौं । यस छोटो अवधीमा संवैधानिकहकलाई नागरिक सम्म पुर्याउन र पहुँचअभिवृद्धी गर्न सकेको कर्म र धर्म हामीले निर्वाह गर्दै आएका छौं । हामीलाई यस प्रतिवद्धतामा अविललचित हुन तपाईबाट प्राप्त हौसला, सहयोग र उत्पे्ररणा हाम्रो उर्जा बनेको छ ।
नेपालको संविधानको भाग ३ मा नेपाली नागरिकका मौलिकहक र कर्तव्यको उल्लेख गरिएको छ । नेपालको संविधानको धारा १६ देखि धारा ४६ सम्म नेपाली जनतालाई ३१ वटा मौलिकहकको प्रत्याभूतिगरिएको छ । जसमा सम्मानपूर्वक बाँच्नपाउने स्वतन्त्रता, वाक् तथाअभिव्यक्ति स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता, छुवाछुत तथा भेदभाव विरुद्धको अधिकार आदि पर्दछन् । धारा ४८ माप्रत्येक नेपालीनागरिकको कर्तव्यको उल्लेख छ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाउल्लेख गरिएको छ । यि अधिकार केवल सञ्चारमाध्यमको मात्रअधिकार होईनन् । समग्र नागरिकका समान पहुँचकाअधिकारहरु हुन् । यि अधिकारसँगै नेपालको संविधान, कानून र मानवअधिकारको विश्वव्यापीमान्यताअनुसार सम्मानीतनागरिक जीवनकालागि हाम्रो प्रयास र प्रयत्ननिरन्तर रहने छ ।
सूचनाको हकको स्वतन्त्रतालाई कानुनबाट प्रत्याभूतगर्ने विश्वकै पहिलो राष्ट्र स्विडेन हो। यसले सन् १७६६ मा नै यस सम्बन्धीकानुनअवलम्बन गरेको थियो । पछिल्लो संविधान सम्मआई पुग्दा नेपालले पनि सूचनाको हकलाई संवैधानिक र मौलिकहकको रुपमा स्थापितगरि सकेको छ । यहि अधिकारको उपयोग गर्दै नागरिकमा सत्य, तथ्य र सन्तुलित सुचना, समाचार र विश्लेषण पुर्याउन हाम्रो यात्राआरम्भ भएको हो । यो यात्रालाई यहाँहरु सवैबाट हाल सम्म जस्तै सल्लाह, सहयोग र समन्वयप्राप्तभई रहने विश्वास व्यक्तगर्दछौं ।

ताजा समाचार