सालिन पोख्रेलको घटनामा हरेक अभिभावकले बुझ्नुपर्ने अर्को पाटो

Share

 

विकास  अधिकारीले 

दमक —शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । उनले बुवाको माया र आमाको ममता लामो समय पाउन नै सकिनन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । सम्बन्ध बिच्छेद पछी आमा दुवईमा र बुवा दक्षिण अफ्रिका गए । सालिन कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । तर उनीहरूले पनि आफूसँगै राखेनन्, होस्टेल पठाए ।

हेर्नोस्, बालबालिकालाई आफ्नो अभिभावकको साथ र स्नेह सबैभन्दा महत्वपूर्ण हुन्छ । ‘म छु नि !’ भन्नु र ‘साथ मै भइदिनु’ फरक कुरा हुन् । अभिभावक भेला हुन्छ, सबै जनाका बुवा-आमा आउँछन्, आफ्नो कोही हुँदैन । राम्रो गर्छिन्, पुरस्कार जित्छिन् तर त्यो खुसी बाढ्नको लागि कोही हुँदैन । कसैले नराम्रो भन्छ, मन दुख्छ, आफ्नो पिडा शेयर गर्ने नजिक कोही हुँदैन । एउटा बच्चाको लागि आफ्नो अभिभावक सबैभन्दा नजिकको साथी पनि हो । उसको हरेक पलको साथी ।

एउटा बच्चा लड्यो भने पिडाले रुन्छ, तर जब त्यसलाई उठाएर आफ्नो बाहुमा बेर्नुहुन्छ, त्यो स्नेहले नै उसको आधि दुखाइ कम हुन्छ । त्यति भावनात्मक शक्ति हुन्छ आफ्नो पनको । एक्लो छ भन्ने थाहा भयो भने हेप्ने र फाइदा उठाउन खोज्नेहरूपनि धेरै हुन्छन् ।

सालिन पोख्रेलको घटनाले उठाएको यो पाटोलाई हरेक अभिभावकले मनन गरिदिनु हुन् अनुरोध गर्दछु । तपाइको छोरा वा छोरीलाई कहिल्यै पनि भावनात्मकरूपमा एक्लोपनको महसुस हुन् नदिनुहोस् ।

लेखक- नेपाल जापान फ्रेन्डसिप  स्कुल  दमकका प्रधानाध्यापक हुन।

ताजा समाचार