काठमाडौ ।
अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।
नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् ।
अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ ।
खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ ।
यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।
सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।
नेपालले अब जेठ ३० गते ९जुन १२ तारिख० बिहान ५स्१५ बजे श्रीलंकासँग, असार १ गते ९जुन १५ तारिख० बिहान ५स्१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ ९जुन १७ तारिख बिहान ५ १५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।
ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणका लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो ।
यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।